इलाम : १ नं प्रदेशको दलित जनप्रतिनिधिहरुको भेला साथै दक्षिणयसियाली मिट इलाम सदरमुकाममा सुरु भएको छ । प्रदेश न २ का प्रदेश प्रमुख तिलक परियारको प्रमुख अतित्थ र प्रदेश १ कि सामाजिक राज्य मन्त्री जसमाया गजमेरको बिशिष्ट आतिथ्यमा भएको थियो ।

आयोजक मुल समारोह समितीका संयोजक नबराज शकरको सभापतित्वमा भएको थियो भने प्रतिनिधि सभा सदस्य नेपाली काग्रेसकी नेत्री सुजाता परियार , संविधान सभासदस्य एव पुर्ब राज्यमन्त्री जितु गौतम , संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ अध्यक्ष बिनोद पहाडी , मुक्ती समाज महासचिव गणेश बिक ,जिल्ला समन्वय समिति झापा प्रमुख,सोमनाथ पोर्तेल , सबिधानसभा सदस्य टेकु नेपाली लगाएतको उपस्थिति रहेको थियो ।
दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा दलित समुदायका विभिन्न समस्या, बिभेद र अधिकारको बारेमा बिज्ञबाट कार्यपत्र प्रस्तुत गर्ने साथै इलाम घोषणा पत्र जारी गर्ने कार्यक्रमका संयोजक नबराज शंकरले बताए । कार्यक्रममा बोन्दै दुई नम्बर प्रदेशका प्रमुख तिलक परियारले राज्यको मुल प्रभावमा पुगेका दलित जनप्रनिधिहरुले अवसरलाई पक्रदै अघि बढ्नुपर्ने बताए ।



















































