कांग्रेसले ‘ह्याट्रिक’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राणाशासन र राजतन्त्रबाट खोसेर ल्याएको लोकतन्त्र आवश्यक परे कम्युनिस्टहरुबाट खोसेर कांग्रेसले ‘ह्याट्रिक’ गर्ने बताएका छन् ।

आरोप

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र खतरामा पर्दै गइरहेको भन्दै लोकतन्त्रका लागि कांग्रेस कसैसँग नझुक्ने स्पस्ट पारे ।

प्रवक्ता शर्माले वर्तमान सरकारले लोकतन्त्रमा पनि जनताले प्रश्न गर्न पाउने अधिकार संकुचन गर्न खोजिरहेको आरोप लगाए ।

तारिफ सुन्न लालायित

अहिलेको सरकार आफूले गरेका राम्रा कार्यहरुको मात्र तारिफ सुन्न लालायित भएको भन्दै उनले सामाजिक सन्जालहरुमा सरकारको बढी आलोचना हुने गरेकाले सूचना प्रविधि विधयेक ल्याइएको जिकिर गरे ।

अध्ययन आवश्यक

प्रवक्ता शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउन विगतमा कांग्रेसले ऐन ल्याएपनि अहिलेको सरकारले अख्तियारलाई कमजोर बनाउने गरी ऐन ल्याउन लागेको टिप्पणी गरे ।

कार्यक्रममा उनले ‘एमसीसी’का विषयमा सरकार अरु देशको लहै–लहैमा लाग्नुभन्दा पनि त्यसमा भएका सम्झौताहरुको अध्ययन गर्न आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार