इलाममा बन्दुकसहित २ जना पक्राउ

  नयाँ बुलन्द
0 Shares

 

इलाम : इलाममा बन्दुकसहित २ जना पक्राउ परेका छन्।

इलामको माङसेवुङ गाउँपालिका–३ का २२ वर्षीय विशाल राई र ४१ बर्षीय शिवकुमार राईलाई भरुवा बन्दुकसहित पक्राउ गरीएको हो।

दुवैजनालाई गाउँमा शंकास्पद गतिविधिहरू गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले माङ्सेबुङ बाट २ थान भरुवा बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट १५० ग्राम बारुदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार