पर्यटन
- नगरका प्रमुख पर्यटकीय गन्तव्यहरूको संरक्षण, व्यवस्थापन, सौन्दर्यीकरण तथा पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकता दिइनेछ।
- कुहिभिर क्षेत्रको प्राकृतिक तथा भौगोलिक विशेषतालाई पर्यटनसँग आबद्ध गर्दै उक्त क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन तथा सम्भाव्यता अध्ययनका कार्यक्रम सञ्चालन गरिनेछ।
- “लालीगुँरास, चिया र प्रकृतिसँग देउमाई” भन्ने अवधारणालाई प्रवर्द्धन गर्दै नगरका पर्यटकीय गन्तव्यहरूलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गरिनेछ।
- पर्यटन क्षेत्रको दिगो विकासका लागि स्थानीय युवा, महिला तथा उद्यमीहरूलाई पर्यटन मार्गदर्शक, आतिथ्य सेवा, होमस्टे व्यवस्थापन तथा पर्यटन उद्यमशीलतासम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।
- निजी क्षेत्र, सामुदायिक संस्था तथा सरोकारवालाहरूसँगको सहकार्यमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनेछ।










































