नवनिर्वाचित संघीय सांसद भीष्मराज आङ्देम्बेलाई पितृशोक


पाँचथर:
नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित संघीय सांसद भीष्मराज
आङ्देम्बेलाई पितृशोक परेको छ ।

प्रतिनिधि सभा सदस्य आङ्देम्बे र जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेका पिता घनेन्द्रराज आङ्देम्बेको निधन भएको छ ।

तत्कालिन नवमिडाँडा गाविसका अध्यक्ष तथा अम्लाबुङ गाँउ पञ्चायतका प्रधानपञ्च घनेन्द्रराजको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको हो । उनी दुई कार्यकाल नवमिडाँडाको प्रधानपञ्च र गाविस अध्यक्ष भएका थिए ।

बि.सं. १९९९ मंसिर ६ गते नवमिडाँडामा जन्मिएका उनी बिगत केही बर्ष यता रोगले थलिएका थिए । शनिबार माझिटारस्थित तमोर घाटमा उनको अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार