फाकफोकथुममा नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वार भेटघाट कार्यक्रम

  नयाँ बुलन्द
413 Shares

इलाम : नेपाली कम्युनिस्ट पार्टी इलाम-२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम बिहीबार इलामको फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको छ ।

नेकपा नेता प्रकाश राईको अध्यक्षतामा फाकफोथुमम-६ सिकारी भञ्ज्याङमा भएको कार्यक्रममा उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) सहित नेकपा केन्द्रीय सदस्य बन्दना राई, निर्वाचन परिचालन समिति संयोजक हर्क लावती कान्छा, प्रकाश परियार, विक्रम लिम्बू, राम योङहाङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले पनि आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई एकताबद्ध बनाउँदै जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रमकै अवसरमा आगामी निर्वाचनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उद्देश्यले पालिकास्तरीय तथा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

पालिकास्तरमा प्रकाश राई संयोजक एवम् नन्दकुमार गुरुङ सहसंयोजक रहेको १०१ सदस्यीय निर्वच नपरिचालन समिति गठन भएको छ ।

त्यस्तै प्रचारप्रसार समितिमा निरोज राई र लिला लिम्बू, युवा विद्यार्थी परिचालन संयोजकमा चक्र खड्का, पार्टी परिचालन समिति र निर्वाचन आयोग समन्वय समितिमा केदार खनाल र हेमकर्ण निरौला चयन भएका छन् ।

त्यस्तै सबै वडामा ५१ सदस्यीय निर्वाचन परिचालन समिति संयोजक र सहसंयोजक तोकिएका छन् । वडा नं. १ मा भोजबहादुर बोहोरा संयोजक र क्रान्तिप्रसाद भण्डारी सहसंयोजक, वडा नं. २ मा सरद तिम्सिना संयोजक र नरेश तामाङ र मिनप्रसाद राई सहसंयोजक, वडा नं. ३ मा लक्ष्मण घतानी संयोजक र टकबहादुर राई सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको छ ।

त्यसैगरी वडा नं. ४ मा सुनिल खनाल संयोजक र पदम बागदास सहसंयोजक, वडा नं. ५ मा धनबहादुर दर्लामी संयोजक र चन्द्र गजमेर सहसंयोजक, वडा नं. ६ मा नरकुमार राई संयोजक र उज्जवल गुरुङ सहसंयोजक एवम् वडा नं. ७ मा भूपाल लिम्बू संयोजक र पूर्णबहादुर राई सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार