
इलाम : किरात याक्थुङ चुम्लुङ सन्दकपुर गाउँ शाखा अध्यक्षमा तेजेन्द्र साउदेन निर्वाचित भएका छन् ।
सन्दकपुर गाउँपालिका-३ सुलुबुहङमा बुधबार सम्पन्न चुम्लुङको पहिलो गाउँ अधिवेशनबाट साउदेनको अध्यक्षता १२ सदस्यीय गाउँ कार्यसमिति निर्वाचित भएको हो ।
उपाध्यक्षमा धनप्रसाद साउदेन, सचिवमा सुवास थेवे, सहसचिवमा गणेश फागो र कोषाध्यक्षमा ज्योति नेम्बाङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा दिलबहादुर लिम्बू, मीना फागो, होम साउदेन, राजमाया साउदेन, सुलभ थेवे, भीम थेवे र लादिप थेवे निर्वाचित भएका छन् ।
तेजेन्द्र साउदेनको अध्यक्षतामा भएको अधिवेशनमा चुम्लुङ इलाम जिल्ला सचिव राम योङहाङ र सदस्य रुद्र थेवेको उपस्थिति रहेको थियो ।
























































