किरात याक्थुङ चुम्लुङ चलाचुली अध्यक्षमा धनेन्द्र केरुङ

  नयाँ बुलन्द
56 Shares

इलाम : किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउँपालिका समिति अध्यक्षमा धनेन्द्र केरुङ निर्वाचित भएका छन् ।

मङ्गलबार चुलाचुलीमा भएको चुम्लुङको दोस्रो अधिवेशनबाट केरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले केरुङको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

उपाध्यक्षमा गणेशकुमार नेम्बाङ, सचिवमा टेकबहादुर नुगो, सहसचिवमा शुस्मा लिम्बू र कोषाध्यक्षमा सीताकुमारी लावती निर्वाचित भएको चुम्लुङ जिल्ला सदस्य एवम् निर्वाचन समिति संयोजक संगीता थलङले जानकारी दिइन् ।

सदस्यहरुमा विरबहादुर शेर्मा, देवीकुमारी देवान, कमला लावती, दुर्गासिंह योङ्या, मंगलसिंह केरुङ, होमबहादुर लिम्बू र शिव मुम्रोक निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार