झलनाथ खनालको क्षेत्रमा सूर्योदय नगरका मेयर रणबहादुर राईलाई नेकपाको टिकट

  नयाँ बुलन्द
49 Shares

इलाम : नेपाली कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र, इलाम–२ मा रणबहादुर राईलाई टिकट दिएको छ ।

राई सूर्योदय नगरपालिकाका मेयर हुन् । खनालले चुनाव नलडेपछि उनी निकट राईलाई टिकट दिइएको नेताहरूले बताएका छन् ।

गत चुनावमा यही क्षेत्रबाट खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । यो क्षेत्रमा एमालेले पनि उम्मेदवार फेरेको छ ।

झलनाथलाई हराएका बस्नेतलाई टिकट नदिएर एमालेले काजीमान कागतेलाई उम्मेदवार बनाएको छ । २०७९ को स्थानीय चुनावमा सूर्योदय नगरपालिकामा मेयर पदका उम्मेदवार थिए । तर तत्कालीन एकीकृत समाजवादीका राईसँग पराजित भएका कागतेलाई एमालेले टिकट दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार