इलाम : नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ । भोलि हुने उम्मेदवारी दर्ताअघि कांग्रेसले धमाधम उम्मेदवार तय गर्दैछ । सो क्रममा सभापति गगन कुमार थापाले संगठन सुदृढीकरण, विवेकपूर्ण नेतृत्व र स्वच्छ राजनीतिक छवि सहित मतदातामा आशा र विश्वास पात्रका रुपमा रहेका आचार्यलाई इलाम–२ को टिकट दिएका हुन् ।

यो क्षेत्रमा गत ०८१ वैशाखमा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका थिए । त्यतिबेला कांग्रेसले यहाँ डम्बरबहादुर खड्कालाई उठाएको थियो । अहिले भने कांग्रेसले उम्मेदवार फेरेको हो । नेपाली कांग्रेसका बौद्धिक, संगठक तथा इमानदार नेताका रुपमा परिचय बनाएका आचार्य र एमालेका युवा नेताका रुपमा रहेका नेम्वाङ विचकाे यसपटक भिडन्त राेचक हुने अनुमान गरिएकाे छ ।