
इलाम: मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ नेपालटारमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–ज ३६६१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ ४७६११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ताप्लेजुङ कञ्चनजङ्घा बोर्डिङ स्कुलमा कार्यरत मोटरसाइकल चालक कुलप्रसाद पौडेल र फुङलिङ–२ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईं घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
घाइते दुवैजनालाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। बोलेरो चालक सूर्योदय नगरपालिका–१४ का प्रदीप मगर प्रहरी नियन्त्रणमा रहेका छन्।
























































