किरात याक्थुङ चुम्लुङ इलाम नगर अध्यक्षमा योङहाङ

  नयाँ बुलन्द
112 Shares

इलाम : किरात याक्थुङ चुम्लुङ इलाम नगरको अध्यक्षमा युवराज योङहाङ निर्वाचित भएका छन् ।

शनिबार इलाम सदरमुकाममा सम्पन्न तेस्रो नगर अधिवेशनबाट योङहाङ अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले योङहाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा हर्कबहादुर लिङलम, सचिवमा लीलादेवी लिङदेन, सहसचिवमा मनोज थेगिम र कोषाध्यक्षमा रेखा बेघा निर्वाचित भएका छन् ।

सदस्यहरुमा भीम लोक्ताम, योगेन्द्र लावती, दुर्गा थेगिम, भीम लावती, इक्सा लङ्वा, कुरामा फत्र, बिनिता लिम्बू, पदम सम्बाहाम्फे र सृष्टी कुरुम्बाङ निर्वाचित भएका छन् ।

निवर्तमान नगर अध्यक्ष राम लिङदमको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा चुम्लुङ जिल्ला अध्यक्ष बुद्दमाया सोङ्मीले सम्बोधन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार