जुनतारा सामुदायिक वन उपभोक्ता समूहद्वारा अपाङ्गता भएका, एकल महिला र जेष्ठ नागरिकलाई रेडियो वितरण

  नयाँ बुलन्द
112 Shares

इलाम : जुनतारा सामुदायिक वन उपभोक्ता समूह माई नगरपालिका–९ ले अपाङ्गता भइका, एकल महिला र जेष्ठ नागरिकलाई लक्षित गरी रेडियो वितरण गरेको छ । शनिबार बोरुङ खेलमैदानमा आयोजित कार्यक्रममा ३० जना लाभग्राहीलाई एक/एक थान रेडियो वितरण गरिएको समूहका अध्यक्ष चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए  ।

अध्यक्ष येक्तेनले अपाङ्गता भएका, एकल महिला र जेष्ठ नागरिकलाई समाचार सुन्न, गीत सुन्न तथा समय सहज रूपमा बिताउन सहयोग पुगोस् भन्ने उद्देश्यले रेडियो वितरण गरिएको बताए । समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत समूहका सदस्यहरूलाई रेडियो वितरण गरेको हो ।

अध्यक्ष येक्तेनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय उपभोक्ता तथा समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा समूहले स्थानीय राजनीतिक दल र पत्रकारहरुसँग अन्तरक्रिया समेत सञ्चालन गरेको थियो ।

यसअघि पनि जुनतारा सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत समूहका सदस्यहरूलाई प्लास्टिकका खानेपानी ट्याङ्की, बङ्गुर तथा बाख्रा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको थियो ।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार