पाँच दलले पेस गरे समानुपातिकको बन्दसूची

  नयाँ बुलन्द
56 Shares

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ अन्तिम दिन (साढे १२ बजेसम्म) पाँच दलले मात्र बन्दसूची बुझाएका छन् । अन्य दलहरू पनि बन्दसूची बुझाउन आयोग जाने तयारीमा छन् । आयोगले तोकेअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । बन्दसूची बुझाउने दलहरूलाई आयोगले सोमबार साँझ चार बजेसम्म टोकन लिइसक्न भनेको छ ।

पहिलो दिन आइतबार तीनवटा दलले मात्र आयोगमा बन्दसूची पेस गरेका थिए । पहिलो दिन नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची पेस गरेका थिए ।

त्यस्तै, अन्तिम दिन सोमबार जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले बन्दसूची पेस गरेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख लगायत अन्य दलहरू बन्दसूची बुझाउन अपराह्नसम्म आयोग पुग्ने तयारीमा छन् ।

Laxmi sunrise bank

609032440_887717863752079_7364601672515628760_n

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार