
इलाम : इलामको प्रमुख जिल्ला अधिकारीमा लक्ष्मण ढकाल आउने भएका छन् । मोरङको कोनपोखरी–४ घर भएका ढकाल यसअघि २०८१ चैत्र ३१ गतेबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
कञ्चनपुरमा कार्यरत रहँदा उनले जिल्लाभरका छाउगोठ भत्काउन निर्देशन दिएका थिए । इलाम सरुवा हुनु अघि कञ्चनपुरमा चिसो लहरका सम्भावित जोखिम कम गर्न स्थानीय प्रशासनले तयारी र प्रतिक्रिया योजना तयार गरेका थिए ।
इलाममा ढकाल सरुवा हुनु अघि गत असार ९ गतेबाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुनिता नेपालले सम्हालेकी थिइन् । उनलाई लगानी बोर्डमा सरुवा गरिएको छ ।
उनी गत असोज १८–१९ गतेको विनाशकारी बाढी र पहिरोको समयमा प्रभावित समुदायको राहत व्यवस्थापन र समन्वयमा सक्रिय भूमिका निभाएकी थिइन् ।
























































