यस्तो बन्याे कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चाैथाेपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त चारै जना मन्त्रीहरुले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगाएतको उपस्थीति रहेको थियो ।

प्रधानमन्त्री कार्कीले कुमार इङ्नामलाई भूमि व्यवस्था मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय तथा श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएकी छन् । नयाँ मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

Laxmi sunrise bank

सूची :
cabinet

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार