‘लिम्बुवान आन्दोलन’ स्मरण गराउने पुस्तक बजारमा

  नयाँ बुलन्द
406 Shares

माङसेबुङ : २०६२–६३ मा ऐतिहासिक जनआन्दोलन-२ सफल भएपछि नेपाली राजनीतिमा अधिकार र पहिचान निम्ति थुप्रै आन्दोलनहरु भए ।  यी मध्येको एक हो ‘लिम्बुवान आन्दोलन’ । आदिवासी पहिचान र अधिकारका निम्ति भएको सो आन्दोलन दुई दसकपछि धेरैले बिर्सदैं गएका छन् ।

तर, लिम्बुवान आन्दोलनलाई स्मरण गराउने ‘पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलन लिम्बुवान आन्दोलन’ नामक पुस्तक भर्खरै प्रकाशनमा ल्याएका छन्, मन कुमार लिम्बू (आङबुहाङ अबोध अविर) ले । आङबुहाङले जनआन्दोलनपछि किन लिम्बुवान आन्दोलन उठ्नका कारणहरु खोज गरेका छन् ।

लिम्बुवान आन्दोलन गर्ने राजनीतिक दल र सामाजिक संस्थाहरु र उनीहरुका मागहरुलाई मिहिन अध्ययन गरेका छन् । लिम्बुवान आन्दोलनका क्रममा गरिएका आन्दोलनका गतिविधिहरुलाई चर्चा गरेका छन् ।

यसैगरी लिम्बुवान आन्दोलनका मागहरु पूरा नभएपनि यसले राजनीतिक, भाषिक र सांस्कृति क्षेत्रमा पु¥याएको सकरात्मक प्रभावलाई उनले सबिस्तार व्याखा गरेका छन् । पुस्तकमा आङबुहाङले लिम्बुवान प्राप्ति नहुनका कारणहरु र लिम्बुवान आन्दोलनका कमजोरीहरु फरक ढंगले बिष्लेषण गरेका छन् ।

आङबुहाङको अनुसन्धनात्मक पुस्तक जनआन्दोलन २ पछि उठेको लिम्बुवान आन्दोलनको संक्षिप्त इतिहास हो । माङसेबुङ पब्लिकेशन एण्ड मेडिया प्रालिले प्रकाशन गरेको पुस्तको मूल्य २५० रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार