पाटी सभापति डम्बरबहादुर खड्का सहित ९ जनाको उम्मेदवारी

  नयाँ बुलन्द
588 Shares

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्रीय समितिले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । इलाम क्षेत्र नम्बर १ मा ९ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा जिल्ला सभापति डम्बर खड्का सहित ९ जना रहेका हुन् । उमेद्धवार बन्ने इच्छा राख्दै आवेदन दिनेमा डम्बर बहादूर खड्का, बेनुप प्रसाई, केसव थापा, टिकाराम सुब्बा, निस्कल राई, भेसराज आचार्य, भुपेन्द्र कट्टेल, नगेन्द्र बुडाथोकी र हरिप्रसाद लुइटेल रहेका छन् ।  आवेदन दिएका भुपेन्द्र कट्टेल २०७४ मा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेद्धवार भएका थिए । उमेद्धवारका आकांक्षिमध्ये बेनुपराज प्रसाई पूर्व सासंद हुन् । उनी २०५६ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट पराजीत भएका थिए ।
केसव थापा पूर्व सासंद हुन् । उनी २०५६ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७० सालमा भएको निर्वाचनमा दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उमेद्धवार बन्न इलाम क्षेत्र नम्बर १ को (ख) का सभापति निस्कल राईले पनि आवेदन दिएका छन् । आवेदन दिएका टिकाराम सुब्बा संविधान सभा सदस्य हुन् । आवेदन दिएका भेसराज आचार्य २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए तर पराजय भएका हुन । उमेद्धवार बन्नका लागि पूर्व शिक्षक हरि प्रसाद लुइटेल र नेपाली काग्रेसका युवा नेता नगेन्द्र बुडाथोकीले पनि आवेदन दिएका छन् । उनीहरुको नाम आजै सिफारिस गरेर पठाइएको समाचार श्रोतले जनायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार