
पाँचथरः फाल्गुनन्द गाउँपालिकामा बुधबार श्रम संस्कृति पार्टीको गाउँपालिका कमिटी गठन गरिएको छ। भेला मार्फत जितेन चेम्जोङलाई पार्टीको गाउँपालिका अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो। गाउँपालिका–५ का चेम्जोङलाई पूर्ण जिम्मेवारीसहित नेतृत्वको जिम्मा दिइएको छ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला अध्यक्ष प्रबिन राईसहित उपाध्यक्ष, सचिव तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो। उत्साहजनक माहोलका बीच सम्पन्न कार्यक्रममा संगठन विस्तारका बारेमा महत्वपूर्ण छलफल पनि गरिएको जनाइएको छ ।
नवगठित कमिटीमा उपाध्यक्षका रूपमा भिम बहादुर तामाङ, दिपेन नेम्बाङ, दिलिप आङ्देम्बे र श्रीहाङ नेम्बाङ चयन भएका छन्। त्यसैगरी राकेस नेम्बाङ सचिव तथा यलम्बर नेम्बाङ र नर वीर चेम्जोङ सह–सचिवका रूपमा जिम्मेवारीमा आएका छन्। कोषाध्यक्षमा ग्यान बहादुर तामाङ चयन भएका छन्।
गठित कार्यसमितिमा २४ जना सदस्यहरू समावेश छन्, जसमा दिलेन चेम्जोङ, देश कुमार नेम्बाङ, सौगात आङ्देम्बे, इशान नेम्बाङ, मनकुमार सुनुवार, मिलन चेम्जोङ, बिजय चेम्जोङ, मणि कुमार सम्बाहाङ्फे, सुभास सम्बाहाङ्फे, गोवा नेम्बाङ, बिचारी नेम्बाङ, दिपक चेम्जोङ, दिनेश नेपाली, राम कुमारी नेम्बाङ र मिङ्सो चेम्जोङ रहेका छन्। समितिको सल्लाहकारमा विशेष नेम्बाङलाई चयन गरिएको अध्यक्ष जितेन चेम्जोङले जनाकारी दिए।
कार्यक्रममा बोल्ने अधिकांश पदाधिकारीहरूले श्रम, सामाजिक न्याय, स्थानीय विकास तथा जनसरोकारका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिवद्धता व्यक्त गरे। नयाँ नेतृत्वले गाउँपालिकाभित्र संगठन विस्तार, जनतासँगको समन्वय र पार्टीको जनाधार मजबुत बनाउने लक्ष्य राखेको बताइएको छ।
यसअघि गत महिना केन्द्रिय अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा फिदिम माविको खेलमैदानमा भव्य कार्यक्रमसहित जिल्ला तदर्थ समिति गठन गरिएको थियो। त्यसपछि पाँचथरका आठ स्थानीय तहमध्ये पहिलोपटक फालेलुङ गाउँपालिकामा कमिटी गठन गरिएको थियो भने दोस्रोपटक फाल्गुनन्दमा भेला मार्फत समिति चयन भएकोजिल्ला उपाध्यक्ष लाभाहाङ चेम्जोङले बताए ।
जिल्ला उपाध्यक्ष चेम्जोङका अनुसार अब निरन्तर सबै स्थानीय तहमा कमिटी विस्तार गर्दै पौषको पहिलो हप्ताभित्र गठन प्रक्रिया पूर्ण गर्ने कार्ययोजना रहेको छ।



















































