मण्डला खाजा घर इलाममा संचालनमा,आटाको स्वादका लागि नयाँ गन्तव्य

इलाम : “स्वाद पनि, स्वास्थ्य पनि – आटा बाट बनेको हाम्रो परिकार” भन्ने नाराका साथ इलाम बजारमा मण्डला खाजा घर बिहिवार बाट औपचारिक रूपमा संचालनमा आएको छ । आटाका परिकारहरू, स्वादिष्ट लोकल चामलको खाना र इलामकै अर्गानिक चियाबाट बनेको चियाको साथ मण्डला खाजा घरमा उपलब्ध छ ।

युवा व्यवसायी लाप्साङ शेर्पाको नेतृत्वमा मण्डला ग्रुपले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै खाजा घर सञ्चालनमा ल्याएको हो । शेर्पाले मण्डला खाजा घरलाई स्वस्थकर, ताजा र सुलभ मूल्यमा स्वादिष्ट खाना पाउन सकिने स्थानका रूपमा प्रस्तुत गरेका छन् ।

उनका अनुसार, “हामीले नाफा भन्दा पनि सेवा मुख्य उद्देश्यका रूपमा लिएका छौं । थोरै रकम तिरेर पनि स्वादिष्ट खाजा, चिया र खाना पाउने सुविधा यहीँ उपलब्ध छ ।”

इलाम जिल्ला अस्पताल नजिकै अवस्थित यो खाजा घर बिरामी, कुरुवा तथा दैनिक आगन्तुकहरू साथै विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि पनि सहज स्थान बनेको छ । स्वास्थ्यप्रद खाना, मैत्रीपूर्ण वातावरण र स्थानीय उत्पादनको प्रयोगका कारण मण्डला खाजा घर छोटो समयमा नै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।

युवा व्यवसायी लाप्साङ शेर्पा इलामका सफल व्यवसायीका रूपमा परिचित छन् र उनी स्थानीय स्रोत र श्रममा आधारित व्यवसायलाई प्राथमिकता दिनु पर्ने पक्षधर मानिन्छन् । मण्डला खाजा घरमार्फत उनले स्वाद, सेवा र स्वास्थ्यलाई एकैसाथ जोड्ने नयाँ प्रयास गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार