प्रथम चिबुवा कप : शुक्रबार दुई खेल हुँदै 

इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगितामा शुकबार दुई खेल हुँदैछ ।
पहिलो खेलमा आयोजक चिबुवा युथ क्लब बी र फ्युचर स्टार एवम् दोश्रो खेलमा सर्जिनशील एफसी र बतासे एफसीबीच प्रतिष्पर्धा हुने आयोजक चिबुवा युथ कलबका अध्यक्ष उदेश्य लिम्बूले जानकारी दिए ।
बिहीबार सुरु भएको खेलमा दशमी फुटबल क्लब र युथ अफ माङसेबुङ  विजयी भई अघिल्लो चरणमा प्रवेश गरेका छन्  । उद्घाटन खेलमा एनवाइसी मान्द्रलाई ३–२ गोलको अन्तरमा पराजित गर्दै दशमी विजयी भएको थियो ।
दोस्रो खेलमा आयोजक चिबुवा युथ क्लब सी विरुद्ध २–० गोलको सहज जित निकाल्दै युथ अफ माङसेबुङ अघिल्लो चरण प्रवेश गरेको हो ।
स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणत्र पाउनेछन् ।
चिबुवा युथ क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल आउँदो कात्तिक १० बजे हुनेछ । प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार