अविरल वर्षाले क्षतिग्रस्त पुरानो पञ्चमीदेखि खाम्बाङ सडक मर्मत सुरु

इलाम : अविरल वर्षाका कारण क्षतिग्रस्त फाकफोकथुम गाउँपालिका–१  पुरानो पञ्चमीदेखि खाम्बाङसम्मको करिब ५ किलोमिटर सडक आजदेखि मर्मत कार्य सुरु भएको छ।

तीनजुरे निर्माण सेवाका ठेकेदार दिपेश बोहोराले उक्त सडक व्यक्तिगत लगानीमा सरसफाइ तथा मर्मत कार्य सुरु गरेका हुन्।

स्थानियवासीका अनुसार सडक अवरुद्ध भएपछि यातायात आवागमन कठिन भएको थियो। सडक अवरुद्ध भएपछि सोही वडाका स्थानीय पण्डित उदयनारायण भट्टराई बिरामी परेर उपचारमा लगिएको थियो र बाटोमै मृत्यु भएपछि स्टेचरमा बोकेर घरमा फर्काइएको दु:खद पीडा स्थानीयले भोगेका छन् ।ठेक्केदार बोहोराको नेतृत्वमा आजदेखि सडकको माटो, ढुंगामाटो पन्छ्याउने तथा बाटो खुलाउने कार्य भइरहेको छ। उक्त कार्यको गाउँवासीले प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार