तमोर कोरिडरमा जीप दुर्घटनामा परेका छ जनाको उद्धार, अन्य यात्रुको खोजी
नयाँ बुलन्द
182
Shares
पाँचथर: शनिबार बिहान पाँचथरमा दुर्घटना भएको जिपमा सवार ६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये पाँच जनालाई थप उपचारका लागि धरानतर्फ पठाइएको छ भने एक जनालाई जिल्ला अस्पतालमा पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । थपको उद्धार प्रयार जारी छ । केही मानवीय क्षति भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । जिपमा ११ जना सवार भएको बताइएको छ ।-कान्तिपुरबाट