कारागारबाट भागेकाहरू फिर्ता ल्याउन कार्यदल गठन

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार भागेका कैदीहरूको अवस्था बुझ्न, नियन्त्रणमा ल्याउन र कानुनी प्रक्रिया अघि बढाउन सहायक प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि समेत सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।

सो कार्यदलले जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय गर्दै खोज, नियन्त्रण र पक्राउ अभियान सञ्चालन गरिरहेको विभागले जनाएको छ ।

Laxmi sunrise bank

विभागले प्रहरी चौकी, स्वास्थ्य चौकी र सीमावर्ती नाकाहरूमा सतर्कता बढाउन निर्देशन दिएको छ । साथै भागेका कैदीबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई तत्काल खबर गर्न नागरिकलाई आग्रह गरिएको छ ।

Shivam Cement

फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने कार्यलाई अझ सघन रूपमा अघि बढाउन शुक्रबार गृहमन्त्रीस्तरीय निर्णय गरिएको हो ।

कार्यदललाई तीन बुँदे कार्यादेश समेत दिइएको छ । कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्कन पुनः आग्रह समेत गरिएको छ ।

 

12

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार