
इलाम : इलाम सदरमुकाममा आयोजित दुई दिवसीय आधारभूत पत्रकारिता तालिम सोमबार सकिएको छ ।
लिम्बू पत्रकार उत्पादन गर्ने उद्देश्यले लिम्बू पत्रकार संघ इलामले तालिम आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा भएको तालिममा २३ जना युवाहरु सहभागी भएका थिए ।
तालिमका सहभागीहरुलाई पत्रकार राम योङहाङ, याम माबोहाङ, जीवन लिम्बू र सृजना श्रेष्ठले सहजीकरण गरेका थिए ।
संघको चौथो जिल्ला अधिवेशनको अवसरमा तालिम आयोजना आयोजककी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । संघको अधिवेशन मंगलबार सदरमुकाम इलाम बजारमा हुँदैछ।
-सौगात राई/प्रशिक्षार्थी पत्रकार
























































