इलाम नगरपालिकाले नगरबासीको समस्या देख्दैन : इलाम कांग्रेस पुर्व जिल्ला सभापति कर्मचार्य

  नयाँ बुलन्द
742 Shares

इलाम : नेपाली कांग्रेस इलामका पूर्व जिल्ला सभापति हिमालय कर्मचार्यले इलाम नगरपालिकाले जनताको समस्या नदेखेको आरोप लगाएका छन । उनले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै नगरपालिकाको ‘आँखा नरहेको’ आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै नगरपालिकाले जनगुनासोप्रति ध्यान नदिएको गुनासो गरेका हुन् ।

उनका अनुसार सार्वजनिक नालीको उचित व्यवस्थापन नहुँदा पानी घरभित्र पस्ने समस्या बारम्बार आइरहेको छ । उनले लेखेका छन्, “घरभित्र सार्वजनिक नालीको पानी पस्यो, तर नगरपालिकाले कुनै चासो देखाएन।”

कर्मचार्यले बताए अनुसार रतन चौधरी र आफ्नो घरबाट अदालत लगायत अन्य सरकारी कार्यालयतर्फ जाने ठाडो बाटोको पानी नालीमार्ग हुँदै प्रमोद श्रेष्ठ, विनोद श्रेष्ठको घरतिर पस्छ । त्यसपछि विद्यालय हुँदै चाइनाटाउन होटल पछाडिबाट बग्ने उक्त पानी चोक बजार प्रवेश गर्ने गर्दछ ।

समस्या समाधानका लागि उनले पटक–पटक सम्बद्ध निकायलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । “नगर प्रहरीको इन्चार्जलाई भनियो, आउँछ हेर्छ र जान्छ। वडा अध्यक्षलाई भनियो, घरभित्र पानी पसेको भिडियो पनि पठाइयो। मेयरलाई भन्नु भन्छ। मेयरलाई भने सान्सद, मन्त्रीलाई भन्नु भन्ला भन्ने अवस्था छ,” उनले आक्रोश पोखेका छन् ।

नगरपालिकाले समस्या समाधानमा जिम्मेवारीपूर्ण भूमिका नखेलेको भन्दै उनले कडा आलोचना गरेका छन् ।

यस्तै उनेको यो पोस्टमा धरै प्रतिक्रिया आएकाछन । प्राय धरैले नगरपालिकाको आलोचना गरेका छन भने इलाम नगरपालिका वडा न ९ का दिपेश अधिकारीले “यो नगरमा हजुर जत्तिको मान्छेको त समस्या सुनुवाइ नहुने समाधान नहुने पिर सामाजिक संजालमा आउंछ भने भन्नुस अब पहुँच नहुने भुइँ मान्छे नगरबासिको के हालत होला ?” भन्दै प्रश्न गरेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार