आजकल प्रायः सबै एन्ड्रोइड स्मार्टफोनमा केही यस्तो पूर्वनिर्धारित सेटिङ सक्रिय हुन्छ, जसले तपाईंको ब्याट्री र डेटा दुवै छिटो सकाउँछ। सुखद कुरा के छ भने, यो सेटिङ बन्द गर्न निकै सजिलो छ, र त्यसपछि ब्याट्रीको खपत कम हुनुका साथै डेटा पनि लामो समय टिक्नेछ।

यसका लागि सबैभन्दा पहिले फोनको Settings मा जानुपर्छ। त्यहाँबाट तल स्क्रोल गरेर Google सेक्शनमा प्रवेश गर्नुहोस्। यहाँ Google Services & Preferences भन्ने विकल्प देखिन्छ। त्यसमा गएर Personalize using shared data मा ट्याप गर्नुहोस्। यहाँ Gmail, External Media, र Device Contacts नामका तीन विकल्प देखिनेछन्, जुन प्रायः सुचारु अवस्थामा हुन्छन्। यी सबै बन्द गर्नुहोस्।
यति मात्र होइन, फेरि Google Settings मा फर्केर Usage & Diagnostics भन्ने विकल्पमा जानुहोस् र यसलाई पनि बन्द गर्नुहोस्। यसो गर्दा Googleले तपाईंको फोनको प्रयोग सम्बन्धी रिपोर्ट र डायग्नोस्टिक डेटा संकलन नगर्ने भएकाले ब्याट्री र डेटा खपत दुवै घट्नेछ।
थप रूपमा, थर्ड–पार्टी एप्सलाई सम्भव भएसम्म सीमित अनुमति दिनुहोस्। विशेषगरी इन्सटाग्राम जस्ता सामाजिक सञ्जाल एपहरूले तपाईंको गतिविधि ट्र्याक गर्न नपाओस् भनेर एप परमिशन र ब्याकग्राउन्ड डेटा पहुँच नियन्त्रण गर्नु फाइदाजनक हुन्छ।
यी साना–साना परिवर्तनहरूले तपाईंको ब्याट्रीको आयु बढाउने मात्र होइन, इन्टरनेट डेटा पनि बचाउनेछ। साथै, तपाईंको व्यक्तिगत डाटासम्म कम एपहरूको पहुँच हुने भएकाले अनावश्यक विज्ञापनहरू पनि कम देखिनेछन्।



_gvisrZNAeA.gif)





















































