
पाँचथर : पाँचथरको याङवरक गाउँपालिका १, च्याङथापुका दुई नाबालक दाजु–बहिनी हराएको पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्। स्थानीय बिर्ख बहादुर राईका छोरा र छोरी १० वर्षीय शिशिर राई र ४ वर्षीया नुमा राई साउन १५ गते बिहान विद्यालय जान निस्किएका थिए। त्यसपछि उनीहरू हराएका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दै आएका थिए। खोजतलासकै क्रममा साउन २० गते बिहान करिब ९ बजे बिरुवा खोलाको किनारमा दुवै बालबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार दुवै जनाको ज्यान खोलाले बगाएर करीब दुई सय मिटर तल पुर्याएको अवस्थामा भेटिएको हो। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
























































