पार्टी चलाउन नसक्ने भए आफैँ छाडेर हिँड्नु – नेता झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई जवाफ फर्काएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष नेपाललाई जवाफ फर्काएका हुन्।

नेता खनालले एमाले फुटाएर गल्ती भयो भनेपछि अध्यक्ष नेपालले जथाभाबी नबोल्न भन्दै खुरुक्क राजीनामा दिएर पार्टी छाड्न भनेका थिए। त्यसको जवाफमा नेता खनालले अध्यक्ष नेपाललाई पार्टी चलाउन नसक्ने भए आफैँ छाडेर हिँड्न भनेका हुन्।

नेता खनालले अध्यक्ष नेपालले भनेको कुराले आफूलाई दुःख लागेको बताए। उनले आफूले बोलेका कुराले पार्टीमा केही समस्या भए बैठक बोलाएर छलफल गर्न सुझाव दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार