पाँचथर : फिदिम–१ नाम्दुमा एक पुरुषले आफ्नै श्रीमतीलाई कोदालोको पासोले हानी हत्या गरेका छन्।
२७ वर्षका महेन्द्र तामाङले २२ वर्षकी श्रीमती अनु राईलाई घरायसी झगडापछि कुटपिट गरेका थिए। उनीहरू हाल ससुराली घरमा बसिरहेका थिए।
गम्भीर घाइते भएकी अनु राईलाई पहिले पाँचथर अस्पताल र पछि झापाको बीएण्डसी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा बिहान ४:३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
घटना भएपछि फरार भएका महेन्द्र तामाङलाई प्रहरीले फिदिम–६, गोलेगाउँबाट पक्राउ गरेको छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।