
इलाम : इलाम नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने पुरानो सनिश्चरे सडक खण्डमा पर्ने इलाम–भञ्ज्याङ् सडकमा कालोपत्रे कार्य तीव्र गतिमा अघि बढाइएको छ। वडाध्यक्ष गोपाल चौहानका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वडाको बजेटबाट नै सो सडकखण्डको कालोपत्रे कार्य सम्पन्न गरिने जानकारी दिएका छन्।

झन्डै ५ किलोमिटर लम्बाईको यस सडकखण्डमध्ये हालसम्म आधा किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको र त्यो काम पनि यही आर्थिक वर्षभित्र सम्पन्न गरिने उनले बताए।
सडक कालोपत्रेपछि इलाम–भञ्ज्याङ हुँदै झापा जाने मेची करिडोर सडकसँग सीधा जोडिने र इलाम तिनकेनी जिरो हुँदै सदरमुकाम इलाम बजार पुग्ने दूरी थप छोटिने वडाध्यक्ष चौहानले बताए। यसले यात्रुहरूलाई सहजता र समयको बचत हुनुका साथै स्थानीयवासीका लागि आर्थिक तथा सामाजिक रूपमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमै बजेट व्यवस्थापन गरेर सडक विकासमा केन्द्रित वडाध्यक्ष चौहानको यो पहल स्थानीयबासीले स्वागत गरेका छन्।

























































