
इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानको धमाधम संचालन गरिरहेको छ । साउन १ गतेबाट उद्धघाटन गरिएको अभियान प्रदेश १ को १४ वटै जिल्लामा धमाधम संचालन गरेको हो ।
वाइसीएल नेपाल प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लाले ताप्लेजुङ वाइसीएलको आयोजनामा श्रीजंङघा गाउँपालिका मामाङ्खे र पेदाङमा विभिन्न जातको फलफुलको विरुवा रोपिएको छ । पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज खेल प्रसाद बुढाथोकी (पराग) वाइसीएल जिल्ला इन्चार्ज कैलाश माबो, केन्द्रीय सदस्य, सुधीर लिम्बू, जिल्ला अध्यक्ष संजिब लिम्बू सहितले हजारौ फलफुलको विरुवा रोपेको प्रदेश अध्यक विक्रम बाबु फियाकले जानकारी दिए ।
जिल्ला वाइसीएल झापाको आयोजना तथा बुद्ध शान्ती गाउँ समितिको सहकार्यमा “श्रम र उत्पादनमा वाइसीएल“ अभियान अन्तर्गत नै बुद्धशान्ति गाउ पालिका वार्ड न ४ मा रहेको “बौद्ध दाहसंस्कार ब्याब्स्थापन समिती चिलिमघाटमा वृक्षारोपण गरिएको छ । वाइसीएल ,स्थानीय पार्टी नेता कार्यकर्ताको सहित २७० जना भन्दा बढिको सक्रियतामा सरसफाइ गरि २५० बढी बिरुवाको बृक्षारोपण गरिएको हो । कार्यक्रममा झापा जिल्ला पार्टी जिल्ला संयोजक राजु आचार्य , पार्टी प्रदेश सदस्य रोशन तिम्सिना, बुद्धशान्ती पार्टी अध्यक्ष प्रेम नेम्वाङ, वाइसीएल प्रदेश सह–सचिव .जनक लुवागुन ,वाइसीएल केन्द्रिय सचिवालय सदस्य निशान मगर, केन्द्रिय सदस्य जोन,बुढाथोकी, जिल्ला उपाध्यक्ष बिनोद नेम्बाङ ,उपेन मेन्याङ्बो लगायतको उपस्थितिमा बृहत सरसफाइ र बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वाईसिएल नेपाल खोटाङको नेतृत्वमा हलेसीको होलेसुङ जनकराज राई मार्गको अन्तिम खण्ड वानम्ला देखि छापडाँडासम्मको करिब १३ किलोमिटर बढी सडकको खाल्डाखुल्डी पुर्ने कार्यसँगै सडकका दुवै छेउछाउको झाडी सरसफाई गरिएको छ । सडक सरसफाई तथा मर्मत कार्यले स्थानीय बासिन्दाहरूको यातायात सुविधामा सहजता थपेको छ ।
हलेसी तुवाचुङ नगरकमिटीको आयोजनामा सञ्चालित श्रम अभियान अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका वडानम्बर–५ दुर्छिमस्थित गणेशटारमा रहेको खेलमैदान आसपासमा ५०० बढी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । खेलमैदानलाई पहिरोको जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले करिब दुई सयको हाराहारीमा विभिन्न जातका विरुवा रोपिएको हो । रोपिएका विरुवाहरूमा बाँस, निलकाँडा र सेवली लगायतका प्रजातिहरू समावेश छन् । वृक्षरोपणका लागि विरुवाहरूको छनोट गर्दा स्थानीय वातावरणमा सजिलैसँग बढ्न सक्ने र माटोको कटान रोक्ने प्रजातिका विरुवा रोपिएको जनाईएको छ ।
युवा पुस्तालाई श्रमसँग जोडेर उत्पादनलाई जोड दिँदै स्वरोजगार सिर्जनाको उद्देश्यसहित शुरुवात गरिएको अभियानले युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने लक्ष्य राखेको छ । वाईसिएल नेपाल खोटाङका इन्चार्ज किसन राईले संञ्चालित अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउने र उत्पादनशील कार्यमा संलग्न गराउने उद्देश्य राखेको बताए ।
श्रमदान अभियानमा वाइसीएल नेपालका प्रदेश सचीव शुभलाल राई, केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज किसान राई, जिल्ला अध्यक्ष भुपेन्द्र किराँती, सचीव ,सुजेन राई, मातृ पार्टी माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, वाईसिएल नेपालका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरू, हलेसी तुवाचुङ नगरकमिटिका पदाधिकारीलगायत स्थानीय युवाहरू सहित ११० जना बढिको सक्रिय सहभागिता श्रमद्धान भएको हो ।
उदयपुर निरन्तर श्रममा जोडिएको छ अभियान उदघाटन भएकै दिन देखिनै चरणबद्ध विभिन्न ठाउमा श्रम गरिरहेको छ साथै वाइसीएल उदयपुरले हरेक शनिबारलाई श्रमबारको रुपमा मनाउने निर्णय समेत गरेको छ । वाइसिएल उदयपुर जिल्ला समितिको आयोजना साथै त्रियुगा नगर समितिको सहकार्यमा उदयपुर त्रियुगा नगर पालिका–१४ र १५ को सिमनामा रहेको बैथुम्कि डाडा हिल स्टेसनमा बृहत सरसफाई गरि १५० बढी विभिन्न प्रजातिका फल–फुल लगाएतका बिरुवाहरु रोप्ने कार्यक्रम सम्पन्न गरेको छ । वडा नं ६ मा वाइसीएल नेपालको आयोजना र स्थानीय पार्टी नेता कार्यकर्ताको सहकार्यमा चुरे मन्दिर परिसरमा सरसफाई र सयौंको संख्यामा फुलको बिरुवा रोपि स्थानीय पर्यटन प्रर्वद्धन गरिएको छ ।
त्रियुगा नगरपालिका वडा न –१ स्थित मैनाहामा पनि वाइसीएल नेपालले ३०० बढी बिरुवा रोप्ने र बिरुवाको सुरक्षाका लागि फुलक्यारि बनाइ सुरक्षित गर्ने काम गरेको छ । वाइसीएल उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका वडा न –१ स्थित मैनाहा खोलामा बाध निर्माणको कार्य सम्पन्न गरेको छ । मनसुनको अवस्थामा बाढीले जनधनको क्षति गर्ने भएको स्थानीयको दैनिक कमकारवाही समेत समस्या आउने गरेकाले वाइसीएल नेपालले बाध बाधेको हो ।
बाँध निर्माणमा वाइसीएल नेपालका निबर्तमान केन्द्रिय उप–महासचिव पार्टी प्रदेश सचिवालय सदस्य एबिराज राई, वाइसीएल नेपाल केन्द्रिय सचिवालय सदस्य द्वोय जितेन राई, ज्ञानेन्द्र मगर ,प्रदेश सह–सचीव इश्वर पोख्रेल ,जिल्ला सचीव इश्वर राई प्रदेश समिती सदस्य सुमु राई, बिकल बराल , लगायत पार्टी नेता वाइसीएल जिल्ला समिति सदस्य लगायत स्थानीय युवाहरु गरि २०० बढिको उपस्थितिमा सम्पन्न भएको थियो ।
























































