सिद्धिथुम्कामा चोरी गर्ने र चोरीको सामान किन्ने दुबै पक्राउ

  नयाँ बुलन्द
322 Shares

 

इलाम :  इलाम नगरपालिका–११ स्थित सिद्धिथुम्काको हुलाकडाँडामा भएको चोरी घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। गत असार २८ गते दिउँसो १२:४५ बजे मोहन चन्द्र कट्टेलको घरमा भएको चोरी घटनामा संलग्न दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनामा परेका अनुसार, चोरी गर्ने व्यक्ति छिमेकी भारतको दार्जिलिङ जिल्ला सौरेनी निवासी ३१ वर्षीय त्रिभुवन भुजेल खवास (स्टोफन) रहेका छन्। उनले कट्टेलको घरको मुख्य ढोका हुँदै प्रवेश गरी कोठामा रहेको दराज फोडी सुन, नगद तथा अन्य सामग्री चोरी गरेका थिए। यसैबीच, चोरीको सामान खरीद गर्ने इलाम सुर्योदय नगरपालिका–८ हिमालय टोलकी ३७ वर्षीया होटल व्यवसायी कमला मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मगरको घरमा खानतलासी गर्दा १०.२५ ग्राम सुनको ढिक्का र नेपाली नगद रु १४ हजार पाँच सय फेला परेको छ। यी सामानहरू चोरी भएका सामग्रीसँग मेल खाने भएपछि बरामद गरिएको हो। दुवै व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। जिल्ला अदालत इलामबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ। प्रहरीले चोरी र चोरीजन्य क्रियाकलापमा संलग्नहरूमाथि कडा निगरानी गरिरहेको जनाएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार