
हालसालै आएको तथ्यांकअनुसार सन् २०२५ को ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । तथ्यांकअनुसार गत वर्ष अर्थात् सन् २०२४ को ६ महिनामा चाहिँ यस वर्षको ६ महिनामाभन्दा केही बढी अर्थात् ५ लाख ८३ हजार १६ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यसरी तथ्यांककै आधारमा हेर्दा सन् २०२४ को ६ महिनाको तुलनामा सन् २०२५ को ६ महिनामा नेपाल आएका विदेशी पर्यटकको संख्या ०.९ प्रतिशतले कमी रहेको (कम संख्यामा विदेशी पर्यटक आएको) देखिन्छ । यसरी ६ महिनाको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या हेर्दा सन् २०२५ मा विदेशी पर्यटक आगमन संख्या बढीमा ११ लाख ४५/५० हजारदेखि ११ लाख ७०/७५ हजारसम्म पुग्ला कि ? भनी ‘रफ’ अनुमान गर्न सकिन्छ । तर, तत्कालै चीन, भारत, जापान, अमेरिका, थाइल्यान्ड, कतार लगायत देशमा हवाई उडान थप भएमा र नेपाली पर्यटनका सम्बन्धमा सकारात्मक ढंगले प्रचारप्रसार भएमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १२ लाख ५० हजारदेखि १३/१४ लाख संख्या पुग्न खासै गाह्रो हुँने छैन । अझ विगत १२/१३ वर्षदेखि युरोपियन युनियन (ईयु) सम्बद्ध हवाई संस्था युरोपियन युनियन एभिएसन सेप्mटी एजेन्सी (आएसा/ईसा) ले युरोपियन आकाशमाथि नेपाली हवाई जहाजमाथि लगाउँदै आएको प्रतिवन्ध तत्कालै खुलेमा पनि नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सीता एयरलाइन्स लगायत नेपाली हवाई जहाज कम्पनीहरुले युरोपियन देशमा तत्कालै उडान गर्न सक्दैनन् । त्यसैले गर्दा पनि सन् २०२५ मा नै चाहिँ नेपालमा ठूलो संख्यामा विदेशी पर्यटकको आगमन दर बढ्छ भनी आशा गर्ने ठाउँ छैन ।
जे भए तापनि विगत ७ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको वार्षिक संख्या पाठकहरुका लागि जानकारी नै मूलक रहला ? भन्ने आशासहित तल उल्लेख गरिएको छ ।
१, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना । २, सन् २०२० मा दुई लाख ३० हजार ८५ जना । ३, सन् २०२१ मा एक लाख ३० हजार ५० हजार ९६३ जना । ४, सन् २०२२ मा छ लाख १४ हजार ८६९ जना । ५, सन् २०२३ मा १० लाख १४ हजार ८८२ जना । र ६, सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ जना । यसरी तथ्यांक हेर्दाखेरि छ वर्षको समयावधिमा लगभग ४४ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्न आएको देखिन्छ ।
त्यस्तै गरेर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाई अवधिको कुरो गर्दाखेरि बढीमा १५.०५ दिन र घटीमा १३.०१ दिन रहेको देखिन्छ । विगत ७ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको बसाई अवधि तल उल्लेख गरिएको छ ।
१, सन् २०१९ मा १२.०७ दिन । २, १५.०१ दिन । ३, सन् २०२० मा १५.०१ दिन । ४, सन् २०२१ मा १५.०५ दिन । ५, सन् २०२२ मा १३.०१ दिन । ६, सन् २०२३ मा १३.०२ दिन । र ७, सन् २०२४ मा १३.०३ दिन रहेको छ । यसरी हेर्दाखेरि नेपाल भ्रमण गर्न आएका पर्यटकको बसाई अवधिलाई हेर्दाखेरि विगत छ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएको विदेशी पर्यटकको प्रति दिन औसत बसाई अवधि चाहिँ लगभग १४ दिन रहेको मान्न सकिन्छ । जुन तथ्यांकलाई हेर्दाखेरि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत वसाई अवधिलाई साह्रै नराम्रो मान्नु पर्दैन । अर्थात् विगत छ वर्षमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको औसत बसाई अवधिलाई राम्रै मान्नु पर्छ ।
त्यस्तै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च पनि पछिल्लो समयमा साह्रै कम रहेको देखिन्छ । जबकि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च समय क्रमसँगै क्रमशः बढ्दै जानुपर्नेमा झनै घट्दै गएको देखिन्छ । हुन पनि नेपालको कुल ग्रार्हस्त उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रबाट २.७० देखि ३.७७ प्रतिशत योगदान पुगेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यलय (रातका), नेपाल पर्यटन बोर्ड (नेपबो), राष्ट्र बैंक (राबैं) र विश्व पर्यटन संगठन (विपसं) ले संयुक्त रुपमा गरेको ‘टुरिज्म सेटलाईट एकाउन्ट (टुसेए)’ गत वर्ष गरेको सुरुवाती अध्ययनअनुसार नेपालको कुल ग्रार्हस्त उत्पादन (जीडीपी) मा समग्र पर्यटन क्षेत्रबाट तीन दशमलब सतत्तर (३.७७) प्रतिशत पुगेको रिपोर्ट प्रकाशित गरिएको हो । त्यस्तै गरेर समाचारमा जनाईएअनुसार राष्ट्रिय तथ्यांक कार्यलय (रातका), नेपाल पर्यटन बोर्ड (नेपबो), राष्ट्र बैंक (राबैं) र विश्व पर्यटन संगठन (विपसं) ले संयुक्त रुपा गरेको ‘टुरिज्म सेटलाईट एकाउन्ट (टुसेए)’ को सो अध्ययनअनुसार समग्र पर्यटन क्षेत्रमा ११.५ प्रतिशत रोजगारी पनि सिर्जना भएको जनाईएको छ । जे भए तापनि पूर्व अर्थमन्त्री पुनले आर्थिक आर्थिक वर्ष २०८१–०८२ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक सर्वेक्षण २०८०–०८१ को प्रतिवेदनलाई उल्लेख गर्दै आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने प्रति पर्यटक औसतमा १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिईएको बताएका थिए । त्यस्तै गरेर नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च १० वर्षमा १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ । जबकि सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रति व्यक्ति, प्रति दिन केवल ४१ अमेरिकी डलर मात्रै खर्च गरेको तथ्यांक रहेको छ भने सन् २०२२ मा त अझै घटेर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रति व्यक्ति, प्रति दिन केवल ४०.०५ अमेरिकी डलर मात्रै खर्च गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी सन् २०२२ र सन् २०२३ मा नेपाल नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रति दिन प्रति व्यक्ति औसत बसाई अवधि र औसत खर्च गराईलाई तुलना गरेर हेर्दा सन् २०२२ मा भन्दा सन् २०२३ मा थोरै भए पनि वृद्धि भएको देखिन्छ ।
हुन पनि माथि नै एक प्रसंगमा सन् २०२२ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले दैनिक ४०ं.०५ अमेरिकी डलर मात्रै खर्च गरेको थियो भनेर उल्लेख गरिएको छ । त्यस्तै गरेर सन् २०२२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको प्रति व्यक्ति औसत बसाई अवधि चाहिँ १३.०१ प्रतिशत रहेको थियो । उता सन् २०२२ को तथ्यांक हेर्दा सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रति व्यक्ति, प्रति दिन ४१ अमेरिकी डलर खर्च गरेको तथ्यांक रहेको छ भने प्रति व्यक्ति प्रति दिन औसत बसाई अवधि चाहिँ १३.०२ दिन रहेको थियो । यसरी तथ्यांक हेर्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुले प्रति व्यक्ति, प्रति दिन औसतमा गर्ने खर्च वार्षिक ०.५ प्रतिशत मात्रै बढ्ने, बढाउउने हो भने सरकारले आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुले गर्ने दैनिक खर्च १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य पूरा हुन सक्ने देखिँदैन । किनभने, यही रप्mतारमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुले दैनिक खर्च गर्ने हो भने त आगामी १० वर्षमा लगभग ५६–५७ अमेरिकी डलरभन्दा बढी नपुग्ने देखिन्छ, नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुले गर्ने दैनिक खर्च । जबकि हामीले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले हरेक वर्ष कम्तिमा १२–१६ अमेरिकी डलरदेखि २०–२४ अमेरिकी डलरका दरले प्रति व्यक्ति, प्रति खर्च गर्ने क्षमता बढाउँदै लाने लक्ष्य लिनुपर्ने हो । त्यसो गर्न सकिएमा आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले प्रति व्यक्ति, प्रति दिन अनुमानित १७२–१८४ अमेरिकी डलरदेखि २४०–२४८ अमेरिकी डलर खर्च गर्ने थिए । यो मेरो ‘रफ अनुमान’ मात्रै हो । त्यस्तै गरेर नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्ने क्रममा यो वर्ष (विसं वर्ष २०८१ मा) नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुको संख्या १६ लाख पुर्याउने लक्ष्य पनि उल्लेख गरिएको थियो । यो लक्ष्य पूरा हुन पनि अझै चार, पाँच वर्ष कुर्नुपर्ने देखिन्छ । यसो कि भनिएको हो भने, अहिलेसम्म हवाई यातायातको सञ्जाल अपेक्षित रुपमा बढाउन सकिएको छैन । त्यसैले गर्दा पनि माथि नै एक प्रसंगमा उल्लेख गरिएझैँ सन् २०२५ को बाँकी समय (६ महिना) मा बढीमा ११ लाख ४५/५० हजारदेखि ११ लाख ७०/७५ हजारसम्म पुग्ला कि ? भनेर ‘रफ’ अनुमान मात्रै गर्न सकिन्छ ।























































