
सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका सडक बालबालिका मुक्त स्थानीय तह घोषणा भएको छ ।
नेपाल सरकारले २०८२ साल असार मसान्तसम्म सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने निति अनुसार इलामको सन्दकपुर गाउँपालिका सडक बालबालिका मुक्त स्थानीय तह घोषणा भएको हो ।
सन्दकपुर पर्यटकिय गन्तव्यले भरिपूर्ण गाउँपालिका हो । गाउँ कार्यपालिकाको असार १७ मा बसेको बैठकले सडक बालबालिका मुक्त गाउँपालिका घोषणा भएको अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए ।
उनले यसलाई निरन्तर कायम राख्न जनचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा गरिने बताए ।
























































