पाँचथरमा पिकअप दुर्घटना: तीन जना घाइते

  नयाँ बुलन्द
294 Shares

 

पाँचथर :  फिदिम नगरपालिका–१३ लुङरुपास्थित टिम्बुरे भन्ने स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

झापाको विर्तामोडबाट डिजेल, पशुखाद्य (दाना) र अन्य सामग्री बोकेर लुङरुपातर्फ गइरहेको मे १ च ४२१४ नम्बरको पिकअप गाडी बिहीबार मध्यान्ह दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। दुर्घटनामा फिदिम–१३ का ३३ वर्षीय चालक भवानी खतिवडा, ३२ वर्षीय सवारीधनी राम सुवेदी र पिकअपका सहचालक आयुष राई घाइते भएका हुन्। उनीहरूको पाँचथर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापातर्फ रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार