यातायात कार्यालय कार्यालय सहयोगी ७ हजार घुससहित नियन्त्रणमा

  नयाँ बुलन्द
161 Shares

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई नियन्त्रणमा लिएको छ।

पोखराबाट खटिएको अख्तियारका टोलीले पौडेललाई ७ हजार घुससहित मंगलबार नियन्त्रणमा लिएको हो। उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा नियन्त्रणमा लिइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

‘पौडेलले घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएका हौं,’ उनले भने। यसबारे अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार