बैंकक जाँदै गरेका यात्रु अवैध डलरसहित विमानस्थलमा समातिए

  नयाँ बुलन्द
42 Shares

काठमाडौँ । अवैध डलर बोकेर बैंकक जान लागेका एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१५ स्थित कारखाना चोकमा बस्ने ४६ वर्षीय प्रेम गुरुङ छन् ।

आरोपीको साथबाट २३ हजार अमेरिकी डलर र १३ हजार युरो बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । ५ हजार डलर भन्दा धेरै डलर बोक्न नपाउने कानुनी व्यवस्था छ । उनलाई कानुनी कारबाहीको लागी राजस्व अनुसन्धान विभागमा बुझाइएको एसएसपी राठौरले जानकारी दिए ।

थाइ एयरवेजको उडानमार्फत उनी काठमाडौँबाट बैंकक जान लागेका थिए । अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्यागेज एरियाबाट उनी पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार