पाँचथर : पाँचथर जिल्लाको फिदिम नगरपालिका–१ स्थित एक होटलमा जबरजस्ती करणी भएको सूचनाको आधारमा आइतवार प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पीडित २१ वर्षीया युवतीले मिति २०८२ साल असार २९ गते बिहान करिब ४:०० बजे आफूलाई करणी गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
घटनास्थल ‘बाटिका होटल’ मा खटिएको प्रहरी टोलीले तत्कालै कारबाही गर्दै २१ वर्षका विवश खड्का, २६ वर्षका अंकित शर्मा, २१ वर्षका अनिश योङहाङ, २४ वर्षका सजय तामाङ र २३ वर्षका उमेश तामाङ गरी पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै विरुद्ध जबरजस्ती करणी (ज.ज.क.) सम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीले कानूनी प्रक्रियाअनुसार आवश्यक अनुसन्धान अघि बढाइएको बताएको छ।

























































