
इलाम : प्रधानमन्त्री केपी शर्मा ओली आज इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
इलामको माई नगरपालिकास्थित माई नगर अस्पतालको उद्घाटन, अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण र माई वृहत खानेपानी उद्घाटन कार्यक्रम रहेको छ ।
कार्यक्रमका लागि प्रधानमन्त्री ओली दिउँसो १ बजे माई नगरपालिका आउनेछन् ।
























































