पाँचथरमा दुई बेवारिसे शव फेला, एकको सनाखत

  नयाँ बुलन्द
742 Shares

पाँचथर : पाँचथर जिल्लामा दुई स्थानमा बेवारिसे शव फेला परेका छन्। तीमध्ये एक जनाको सनाखत गरिएको छ भने अर्को शवको पहिचान हुन बाँकी छ।

पहिलो घटना फाल्गुनन्द गाउँपालिका–५ को सुलुम्फिमा घटेको हो। असार २५ गते साँझ करिब ५:४० बजे यासोक- उत्तरे सडकखण्ड नजिकको भिरमा करिब ३५/४० मिटर तल एक पुरुषको शव देखिएको जानकारी प्रहरीलाई प्राप्त भयो। अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो।

असार २६ गते दिउँसो करिब १२:३० बजे शवको सनाखत कुम्मायक गाउँपालिका–१, यासोक बजारका किरण त्रिखत्री (उमेर करिब ३५ वर्ष) का रूपमा उनका काका केदार त्रिखत्रीले गरेका हुन्। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ।

दोस्रो घटना मिक्लाजुङ गाउँपालिका–५, लप्सिबोटे खर्कको जंगलमा फेला परेको हो। असार २५ गते साँझ ५:०० बजे त्यहाँ सडेगलेको अवस्थामा एक अज्ञात शव भेटिएको थियो। प्रहरीले उक्त स्थानमा पुगेर कानुनी प्रक्रिया अघि बढाएको छ। शवलाई पोष्टमार्टमका लागि असार २६ गते बिहान आधारभूत अस्पताल रवि पठाइएको र दिउँसो शवगृहमा राखिएको छ।

दोस्रो शवको अझै पहिचान भएको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार