काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। वीर अस्पतालमा पनि आन्दोलनको असर परेको छ। ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् ।
कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए । उनीहरुलाई खान–बस्नकै समस्या भएको छ । आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरु अन्योलको स्थितिमा छन् ।
अन्य अस्पतालमा समेत बिरामीहरुको उपचार भएको छैन ।
.jpeg)

























































