साउनदेखि नियुक्त हुने कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

  नयाँ बुलन्द
42 Shares

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

Laxmi sunrise bank 2034

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’नेपाल सरकारले अवलम्बन गरेको नीति अनुसार, सार्वजनिक प्रतिष्ठानहरूबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई नेपाल सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायहरूले राज्य कोषमा दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएको छ। यस सन्दर्भमा, सम्बन्धित सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूले देहाय बमोजिम गर्न गराउन हुन माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीस्तरको मिति २०८२/३/२० को निर्णयानुसार अनुरोध छ।’

Shivam Cement

515588002_1458647618624355_585361727193249332_n

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार