देउमाई नगरपालिकाको ८२ करोड ५६ लाखको बजेट पारित (बजेटसहित)

  नयाँ बुलन्द
112 Shares

देउमाई : “प्राकृतिक स्रोत, कृषि र पर्यटन — समृद्ध देईमाइ हाम्रो अभियान” भन्ने मूल नारासहित देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कूल ८२ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख पलवमाया राईले नगरसभामा बजेट प्रस्तुत गर्दै समावेशी विकास, पूर्वाधार विस्तार, कृषि आत्मनिर्भरता र युवामुखी रोजगारी सिर्जना कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन्।

आम्दानी स्रोत र बजेटको खाका

बजेट अनुसार नगरपालिकाले कूल ६२ करोड ५६ लाख १४ हजार रुपैयाँ आम्दानीको लक्ष्य राखेको छ, जसमा आन्तरिक आम्दानीबाट ५ करोड ४१ लाख ७२ हजार, संघीय सरकारबाट ४२ करोड १५ लाख तथा प्रदेश सरकारबाट २ करोड ५० लाख २२ हजार, बाँडफाँडबाट ११ करोड ४९ लाख २० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बाँकी २० करोड रुपैयाँ बैंक मौज्दातमार्फत व्यवस्थापन गरिने जानकारी दिइएको छ ।

यस वर्षको बजेट निर्माणका क्रममा संविधानको मार्गनिर्देशक सिद्धान्त, स्थानीय सरकार सञ्चालन ऐन २०७४, दिगो विकास लक्ष्य र स्थानीय तह योजना तर्जुमा निर्देशिका २०७८ को सन्दर्भमा नीति तर्जुमा गरिएको हो।

शिक्षा, स्वास्थ्य र कृषि केन्द्रीत बजेट

शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित ४ करोड ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस अन्तर्गत शिक्षक व्यवस्थापन, छात्रवृत्ति, विद्यालय स्वास्थ्य स्वयंसेवक, प्राविधिक शिक्षा अनुदान, विद्यालय भवन मर्मत तथा इ–हाजिरी प्रणाली कार्यान्वयन गरिनेछ ।

स्वास्थ्य क्षेत्रमा १ करोड २८ लाख ९६ हजार रुपैयाँ विनियोजन गर्दै निर्माणाधीन नगर अस्पताल तथा स्वास्थ चौकीहरू सम्पन्न गर्ने, एम्बुलेन्स सेवा थप सुदृढ बनाउने, घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने, तथा आयुर्वेद उपचार प्रणालीलाई प्रवर्द्धन गरिने कार्यक्रम छन्।

कृषिमा आत्मनिर्भरता र स्थानीय उत्पादनमा वृद्धि ल्याउने उद्देश्यसहित १ करोड १ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ। कृषि औजार, प्लास्टिक टनेल, च्यापकटर, जलबोर्ड, बीउ वितरण, नस्ल सुधार लगायतका कार्यक्रमका लागि लागत साझेदारीको आधारमा बजेट विनियोजन गरिएको हो ।

देउमाई नगरपालिकाको ८२ करोड ५६ लाखको बजेट पारित (बजेटसहित) 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार