माङसेबुङ गाउपालिकाको बजेट ४८ करोड ७३ लाख १० हजार ८ सय २३ रुपैयाँ

  नयाँ बुलन्द
98 Shares

इलाम : माङसेबुङ गाउपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ७३ लाख १० हजार ८ सय २३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले बजेट प्रस्तुत गरेका थिए । सामान्यिकरण अनुदान ८ करोड ९६ लाख, राजस्व बाँडफाँडमा ८ करोड ३८ लाख ८ सय २३, कोशी प्रदेश वित्तिय सामानीकरण अनुदान ७ करोड ९७ लाख १ हजार, राजस्व बाँडफाँडमा ६२ लाख २७ हजार, आन्तरिक आय ८३ लाख ४२ हजार र अल्या ४ करोड ५० लाख रहेको छ ।

त्यस्तै सशर्त अनुदान १९ करोड ५० लाख, विशेष अनुदान ६९ लाख, समपुरक अनुदान १२ करोड २ लाख रहेको छ । त्यस्तै प्रदेश सशर्त अनुदान १ करोड ८२ लाख ७ हजार र समपुरक अनुदान १ करोड ४० लाख रहेको छ ।

 

माङसेबुङ गाउँपालिका

गाउँसभाको १७औंअधिवेशनको पहिलो बैठकमा

मिति २०८२ असार १० गते पेश गरिएको आ. व.२०८२/०८३ को

वार्षिक बजेट तथा कार्यक्रम

गाउँसभाका अध्यक्ष ज्यू,

सभाका सम्पूर्ण सदस्यज्यूहरु ।

 

१.माङसेबुङ गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको यस गरिमामय बैठकमा माङसेबुङ गाउँपालिकाको आगमी आ.व.२०८२/०८३ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यहाँ उपस्थित भएको छु।यस क्रममा सर्वप्रथम मुलुकमा प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशीता, आदिवासी जनजाति आन्दोलन लगायत विभिन्न सकारात्मक परिवर्तनको लागि २००७ सालदेखि हालसम्म भएका विभिन्न आन्दोलनहरुमा शाहदत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते र वेपत्ता भएका नागरिकहरुप्रति पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु र २०७९ सालमा दोस्रोपटक सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत हामीलाई यस जिम्मेवारीमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुप्रति समेत पुन: हार्दिक आभार व्यक्त गर्न चाहान्छु। साथै केहि समय देखि स्वास्थ्यमा समस्या भई स्वास्थ्य उपचार गराइ हाल स्वास्थ्य लाभ गरिरहनु भएका यस माङसेबुङ गाउँपालिकाका अध्यक्ष श्री हेमन्त राईज्यूलाई  सिघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।

२.मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि स्थापीत ३ तहका सरकारहरुवीचको सहकारिता, समन्वय र सह अस्तित्वको मूल मर्मलाई आतमसात गर्दै ” समृद्ध नेपाल सुखी नेपाली ” को राष्ट्रिय आकंक्षा, प्रदेश सरकारको ” स्वच्छ, सुखी र समुन्नत प्रदेश ” को अभियानसँगै माङसेबुङ गाउँपालिका समेत ” दिगो विकास समृद्धिको आधार, स्थायीत्व र पर्याप्त पूर्वाधार ” भन्ने दीर्घकालीन सोचका साथ कृषि, पर्यटन रपूर्वाधार विकास मार्फत विकास र समृद्धिको गतिमा अघि बढिरहेको छ ।

३.स्थानीय तह गठन भएपछिको संक्रमणकालीन अवस्थालाई पार गर्दै विभिन्न नीति, कानून तथा संस्थागत संरचना निर्माण गरी आवश्यक जनशक्ति र भौतिक पूर्वाधारहरुको व्यवस्था गर्दै उपलब्ध सीमित साधन स्रोतको अधिकतम परिचालन गर्ने प्रयासका साथ संघीय सरकार, प्रदेश सरकार तथा आम नागरिकहरुसँगको सम्न्वय र सहकार्य सहित विकासका अरु संभावना र अवसरको खोजी गर्दै हामी अघि बढिरहेका छौ ।

४.स्थानीय तहको गठनपछि नेपाली जनताले इतिहासमा पहिलो पटक आफ्नै घरदैलोमा सरकार पाएका छन । अहिले स्थानीय तहहरु स्थानीय सरकारको रुपमा कृयाशील छन । माङसेबुङ गाउँपालिकावासीको  घरदैलोमा रहेको स्थानीय सरकारको तर्फबाट आज म यस सम्मानीत सभा समक्ष आगमी आ.ब. २०८२/८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भइरहेको छु । यसरी यस सम्मानीत सभा समक्ष बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुशी र गर्वको अनुभूत भएको छ ।

५.यस बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४, संघ तथा प्रदेश सरकारले जारी गरेका विभिन्न नीति तथा मापदण्डहरु, माङसेबुङ गाउँपालिकाको आवधिक योजना, मध्यकालीन खर्च संरचना, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा योजना तर्जुमा समितिका निर्णयहरु समेतलाई आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । यो बजेट तथा कार्यक्रमको कार्यान्वयनबाट हाम्रो अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका कृषि, पर्यटन, रोजगारी सिर्जना तथा उद्योग क्षेत्रलाई चलायमान बनाई यस माङसेबुङ गाउँपालिकालाई सुखी र समृद्ध बनाउने कार्यमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।

गाउँसभाका अध्यक्ष ज्यू,

सभाका सदस्यज्यूहरु ।

६.अवम गत आ.ब. २०८०/८१ को वास्तविक आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।

क्र.सं. आय शीर्षक अनुमानित आय वास्तविक आय
नेपाल सरकार समानीकरण अनुदान ८७०००००० ८०९१००००
नेपाल सरकार राजश्वबाँडफाँड ८०४३८७०० ४६८५८५५८
प्रदेश सरकार समानीकरणअनुदान ५२१८००० ५२१८०००
प्रदेश सरकार राजश्वबाँडफाँड ४७६७००० ५०९०५७३
आन्तरिक आय ६१००००० १९७५१८
बैंक मौज्दात ४५३०७४४७ ४५५९३४४२
नेपाल सरकार सशर्तअनुदान १९३४८३००० १७१७१२७८५
नेपाल सरकार विशेषअनुदान २००००००० १६४९२३९९
नेपाल सरकार समपूरकअनुदान ५०००००० २३०६१०६
१० प्रदेश सरकार सशर्तअनुदान १८४५२००० १६८१४१९८
११ प्रदेश सरकार विशेषअनुदान
१२ प्रदेश सरकार समपूरकअनुदान ९७५०००० ७१९८८८५
जम्मा ४७५५१६१४७ ३९८३९२४६४

७. यसरी गत आ.ब. २०८०/८१ मा कुल आय तर्फ ४७ करोड ५५ लाख १६ हजार १४७ अनुमान गरीएकोमा ३९ करोड ८३ लाख ९२ हजार ४६४ वास्तविक आम्दानी भएको थियो । यस मध्ये चालू तर्फ ८५.०१ %  र पूजिगत तर्फ ७०.९९ % यथार्थ खर्च भएको थियो ।

 

८. अव म चालू आ.ब २०८१/८२ को बार्षिक आय तथा व्ययको संशोधित अनुमान प्रस्तुत गर्न चाहन्छु ।

क्र.सं. आय शीर्षक अनुमानित आय २०८२ जेठ मसान्तसम्मको वास्तविक आय
नेपाल सरकार समानीकरण अनुदान ८७३००००० ८०१०६४८०
नेपाल सरकार राजश्वबाँडफाँड ८५४००००० ६६३४६०६६
प्रदेश सरकार समानीकरणअनुदान ५२०४००० ३९०३०००
प्रदेश सरकार राजश्वबाँडफाँड ४८८९००० ४५४७०८३
आन्तरिक आय ७३७०००० १४९२६२१७
बैंक मौज्दात ४६१३७९०३ ४३२६५५१७
नेपाल सरकार सशर्तअनुदान १९२३२७००० १८३६८९३२०
नेपाल सरकार विशेषअनुदान ३००००००० ३०००००००
नेपाल सरकार समपूरकअनुदान
१० प्रदेश सरकार सशर्तअनुदान २८२५३००० २८३६९०००
११ प्रदेश सरकार विशेषअनुदान
१२ प्रदेश सरकार समपूरकअनुदान १००००००० १०००००००
जम्मा ४९६८८०९०३ ४६५१५२६८३

यसरी चालू आ.ब २०८१/८२ मा ४९ करोड ६८ लाख ८० हजार ९०३।- प्राप्त हुने अनुमान गरीएकोमा २०८२ जेठ मसान्तसम्ममा ४६ करोड ५१ लाख ५२ हजार ६८३।- प्राप्त भइसकेको छ । यस मध्ये २०८२ जेठ मसान्तसम्म चालू तर्फ ६१.७४%  र पूँजीगत तर्फ ४६.९४% खर्च भएको छ । चालू आ.ब. २०८१/८२ को अन्तसम्ममा चालू तर्फ ८१ %  र पूँजीगत तर्फ ८०% खर्च हुने अनुमान छ ।

 

गाउँसभाका अध्यक्षज्यू,

सभाका सदस्यज्यूहरु,

१०. अव म आगमी आ.ब. २०८२/८३ को बजेटका उद्देश्य तथा प्राथमिकताहरुलाई निम्न बमोजमि प्रस्तुत गर्ने अनुमति चहान्छु ।

 

 

बजेटका उद्देश्यहरु

  • कृषि तथा पशुपंक्षीको क्षेत्रमा आधुनिकीकरण मार्फत उत्पादकत्व वृद्धि गर्ने ।
  • स्वास्थ्य सेवालाई सर्वसुलभ बनाई स्वास्थ्यमा आम नागरिकको पहुँच वृद्धि गर्ने ।
  • सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी गुणस्तरीय शिक्षामा सर्वसाधरण नागरिकको पहुँच वृद्धि गर्ने ।
  • दिगो, समावेशी र उच्च दरको आर्थिक वृद्धि दर हासिल गर्ने ।
  • सीमित साधन स्रोतको अधिकतम उपयोग मार्फत स्थानीय रोजगारीको सिर्जना गरी गरिवी न्यूनीकरण गर्ने ।
  • सिमान्तकृत समुदायको रुपमा रहेका महिला, आदिवासी जनजाति, दलित तथा अपाङ्गत भएका व्यक्तिहरुलाई विकासको मूल प्रवाहमा ल्याउने ।
  • शोषणरहित, विभेदरहित र समावेशी समाजको निर्माण गर्ने ।
  • नागरिकहरुको  लागि आवश्यक खानेपानी सरसफाई, विधुत, सडक जस्ता पूर्वाधारका क्षेत्रमा लगानी गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउने ।
  • स्थानीय सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाई सुशासन र सामाजिक न्याय स्थापीत गर्ने ।
  • विकासका नयाँ संभावता र अवसरहरुको खोजी गर्दै सुखी र समृद्ध गाउँपालिका निर्माणको आधार तयार गर्ने ।

बजेटका प्राथमिकताहरु

  • कृषि तथा पशुपंक्षी व्यवसायको आधुनिकीकरण र व्यवसायीकरण ।
  • विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विद्यालय शिक्षा सुधार ।
  • स्वास्थ्य सेवाको विस्तार तथा गुणस्तरमा बृद्धि ।
  • धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचान, प्रचार प्रसार तथा पूर्वाधार निर्माण ।
  • खानेपानी, साना सिंचाई, कुलो, विधुत, सडक जस्ता पूर्वाधारको निर्माण तथा स्तरोन्नति ।
  • विपदजन्य घटनाबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा वातावरण संरक्षण ।
  • पारदर्शिता, मितव्ययिता र सार्वजनिक जवाफदेहीताको प्रवर्द्धन ।
  • साना तथा घरेलु उद्योग र सीपमूलक तालिम मार्फत स्थानीय रोजगारीको सिर्जना ।

 

 

गाउँसभाका अध्यक्ष ज्यू,

सभाका सदस्यज्यूहरु,

११. अव म यिनै उद्देश्य र प्राथमिकताको आधारमा आगमी आ.ब २०८२।८३ को स्रोत अनुमान र बजेट विनियोजन प्रस्तुत गर्न अनुमति चाहान्छु ।

आ.ब २०८२।८३ को स्रोत अनुमान

क्र. सं. योजना तथाकार्यक्रमको नाम बजेट रु. कैफियत
नेपाल सरकार समानीकरणअनुदान ८९६०००००  
नेपाल सरकार राजस्वबाँडफाँड ८३८००८२३  
प्रदेश सरकारवित्तियसमानीकरण अनुदान ७९७१०००  
प्रदेश सरकार राजस्वबाँडफाँड ६२२७०००  
आन्तिरक आय ८३४२०००  
अल्या ४५००००००  
जम्मा रु. २४०९४०८२३  
नेपाल सरकार सशर्तअनुदान १९५००००००  
नेपाल सरकार विशेषअनुदान ६९०००००  
नेपाल सरकार समपूरकअनुदान १२२०००००  
१० प्रदेश सरकार सशर्तअनुदान १८२७००००  
११ प्रदेश सरकार विशेषअनुदान  
१२ प्रदेश सरकार समपूरकअनुदान १४००००००  
जम्मा रु. २४६३७००००  
कूल जम्मा रु. ४८७३१०८२३  

अवम माथि उल्लेखित संघीय तथा प्रदेश सशर्त अनुदान, संघीय तथा प्रदेश विशेष अनुदान र संघीय तथा र समपूरक अनुदान बाहेक २४ करोड ९ लाख ४० हजार ८२३ ।- को विनियोजन विवरण प्रस्तुत गर्न अनुमति चाहान्छु ।

  • वडा सिलिङ तर्फ ६ वटा वडाहरुको लागि रु २ करोड १० लाख विनियोजन गरेको छु ।
  • शिक्षा युवा तथा खेलकुद कार्यक्रमका लागि १ करोड ८३ लाख विनियोजन गरेकोछु ।
  • पशु सेवा तर्फ ३० लाख, कृषि विकास तर्फ २० लाख र स्वास्थ्य तर्फ ३५ लाख विनियोजन गरेको छु ।
  • गाउँकार्यपालिकाको कार्यालय सञ्चालन र पालिका स्तरीय योजना तथा कार्यक्रमहरुको लागि १९ करोड ३१ लाख ४० हजार ८२३ विनियोजन गरेको छु ।
  • आगामी आ.ब. मा संचालन गरिने योजना तथा कार्यक्रमहरुको विस्तृत विवरण माङसेबुङ गाउँपालिकाको विनियोजन विधेयक २०८२ मा समावेश गरेको छु ।

गाउँसभाका अध्यक्ष ज्यू,

सभाका सदस्यज्यूहरु,

अव म आगमी आ.ब.को राजश्व परिचालन सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु । आगमी आ.ब. मा राजश्व परिचालन गर्दा निम्न नीतिहरुको अबलम्वन गरिनेछ ।

  • करको दर र दायरालाई फराकिलो पार्दै आन्तरिक आयको वृद्धि गर्ने ।
  • कर प्रशासन तथा राजश्व प्रशासनका विषयहरुमा कर्मचारीलाई तालिमको व्यवस्था गरी क्षमता विकास गर्ने ।
  • उतकृष्ठ करदाताको छनौट गरी सम्मान गर्ने ।
  • कर संकलनमा वडा कार्यालयहरुलाई सकृय बनाउने ।
  • राजश्व प्रशासनलाई प्रविधिमैत्री बनाई सरलिकृत गर्ने ।
  • स्थानीय राजश्व परामर्श समितिलाई थप सकृय बनाउने ।

आगमी आ.व. २०८२/८३ मा संकलन गरिने कर र गैरकर राजश्वका दर तथा क्षेत्रहरु माङसेबुङ गाउँपालिकाको आर्थिक विधेयक २०८२ बमोजिम हुने गरी प्रस्ताव गरेको छु ।

यस बजेटको अभिन्न अंगको रुपमा माङसेबुङ गाउँपालिकाको आ.ब २०८२/८३ को सेवा र कार्यहरुको लागि स्थानीय संचित कोषबाट रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको माङसेबुङ गाउँपालिकाको आर्थिक विधेयक २०८२ लाई समेत स्वीकृतिको लागि पेश गरेको छु ।

गाउँपालिकालाई प्राप्त अनुदान, राजश्व बाँडफाँड र आन्तरिक स्रोतबाट मात्र संचालन गर्न नसकिने खालका योजना तथा कार्यक्रम संचालनको लागि नेपाल सरकार,  प्रदेश सरकार र दातृ निकायहरुसँग अनुरोध गरिनेछ ।

अन्तमा यो बजेट तथा कार्यक्रम तर्जुमा प्रकृयामा मार्ग निर्देशन गर्नुहुने गाउँपालिकाका अध्यक्ष ज्यू , बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचरीहरु, सबै वडाका वडाध्यक्षहरु, सदस्यज्यूहरु,विषयगत समितिका संयोजक तथा सदस्यज्यूहरु, राजनैतिक दल एवं सबै माङसेबुङवासी जनताप्रति आभार प्रकट गर्न चाहन्छु र यो बजेटको कार्यान्वयनमा सम्बन्धित सरोकारवाला सबै पक्षको पूर्ण सहयोग प्राप्त हुनेछ विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार