सूर्योदय नगरपालिकाको बजेट एक अर्ब ४० करोड

  नयाँ बुलन्द
70 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकाले एक अर्ब ४० करोड रुपैया बजेट पेस भएको छ । १७ औ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख दुर्गाकुमार बरालले एक अर्ब ४० करोड तीन लाख १७ हजार दुई सय २० रूपैयाँको बजेट पेस गरे ।

विनियोजित रकम मध्ये एक अर्ब आठ करोड तीन लाख १७ हजार ३ सय २० रूपैयाँ स्थानीय सञ्चित कोषबाट र ३२ करोड रूपैयाँ अन्तर सरकारी अख्तियारी अन्तरग संघीय कोषबाट खर्च हुने छ ।

विनियोजित रकम मध्ये चालू खर्चको लागि ६८ करोड ३१ लाख ३७ हजार २२० रूपैया र ३९ करोड ७१ लाख ८० हजार रूपैयाँ पुजीगत तर्फ छुट्याइएको छ ।

नगरपालिकाले आन्तरिक राजस्व र राजस्व बाडफाडबाट २२ करोड ५७ लाख ११ हजार रूपैयाँ , संघीय सरकारबाट ६४ करोड ४३ लाख रूपैयाँ र प्रदेश सरकारबाट चार करोड ४४ लाख ८१ हजार रूपैयाँ प्राप्ति हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार