माङसेबुङमा एमाले र कांग्रेस परित्याग गरी ७६ जना माओवादी केन्द्रमा प्रवेश

  नयाँ बुलन्द
1.1k Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ सिङलाबु टोलबाट नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गरी ७६ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

आइतबार सिङलाबुमा आयोजित एक कार्यक्रममा छिमेकी गुरुङगाउँ र केराबारी टोलकासमेत गरी ७६ जना माओवादी कन्द्र प्रवेश गरेका हुन् । नेकपा (एमाले) माङसेबुङ गाउँ कमिटी सदस्य तीर्थ योङहाङको नेतृत्वमा उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनीहरु सुशासन र समृद्धिको अभियानमा सँगसँगै यात्रा गर्ने सहमतिपछि माओवादी केन्द्र रोजेका हुन् ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज धिरेन्द्र शर्मा रमण, प्रदेश सदस्य एवम् मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिम, प्रदेश सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्षुमन राईलगायतले स्वागत गरे । कार्यक्रममा वाइसीएल केन्द्रीय सदस्य शम्भु राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, वाइसीएल प्रदेश सदस्य गोपाल राईलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरुले सामाजिक न्याय र परिवर्तनका लागि माओवादी केन्द्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे  ।

माओवादी केन्द्र माङसेबुङ गाउँकमिटी उपाध्यक्ष रोशन राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदिप राई (प्रमेश) ले गरेका थिए ।

अघिल्लो सातामा मात्र माङसेबुङ गाउँपालिका-३ कै खुन्द्रुका टोलका ४३ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार