लिम्बू पत्रकार संघ पाँचथरको अध्यक्षमा हाङसरुम्बा

  नयाँ बुलन्द
322 Shares

 

पाँचथर : लिम्बू पत्रकार संघ पाँचथरको अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएकी छन् । 

पाँचथरको फिदिममा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट हाङसरुम्बालाई अध्यक्षमा निर्वाचित गरेको हो । उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जबेगू लिम्बू, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा शुष्मा हाङसरुम्बा निर्वाचित भएका छन् ।

सदस्यहरूमा इच्छा लिम्बू, तागेरा तावाहाङ, पदम दुःखी सम्बाहाम्फे र अशोक लाओती निर्वाचित भएका छन् ।

प्रदेश महाधिवेशन प्रतिनिधिहरूमा उपेन्द्र येक्तेन, पूर्ण परिचित जबेगू र सम्झना योङहाङ निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार