हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा बारा जिल्लाका ६ कामदार घाइते

  नयाँ बुलन्द
154 Shares

 

पाँचथर :  फिदिम नगरपालिका  र हिलिहाङ गाउँपालिकालाई जोड्ने मेची राजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज अचानक भाँचिँदा ६ जना मजदुर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिवबार  साँझ करिब ६:२० बजे पुल भाँचिएको जानकारी प्राप्त हुनासाथ प्रनाउ कौशल कुमार बुढाथोकीको नेतृत्वमा ३५ जना प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेहरुलाई फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा उपचारका लागि ल्याइएको छ ।

घाइते हुनेहरूमा सिमरा उपमहानगरपालिका १२ निवासी एकै जिल्ला बाराका  क्रमशः २२ वर्षका रुपलाल चौधरी, २७ वर्षका राजन चौधरी, २२ वर्षका राकेश चौधरी,  २५ वर्षका भुलेश्वर चौधरी, ३५ वर्षका  प्रकाश चौधरी र ३० वर्षका अभिषेक चौधरीको शरिरको विभिन्न भागमा चोट पटक लागि धाइते भएकाको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । पुल भाँचिनुको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार