इलाम – केचना कञ्चनजंघा सडक (मेची करिडोर) १० दिनका लागि पूर्णरूपमा बन्द हुने भएको छ।
सडक निर्माणका क्रममा सोमबारे -बेलासे खण्डमा सडक निर्माणको काम हुँदैछ । यसै क्रममा कालोपत्रे तयारी गर्न भारी सवारी साधन र जनसाधारणको आवतजावत असहज हुने भएकाले उक्त सडक खण्डमा सवारी साधन सञ्चालन बन्द गरिने जिल्ला प्रशासन कार्यालय, इलामले जानकारी दिएको छ।
यस अवधिमा सो सडक प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग लगायतका अन्य सडक मार्गको प्रयोग गर्न सकिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत हरीकुमार थापाले हस्ताक्षरित सूचनामा जनाएअनुसार, सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।